Skip to main content

व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ

 व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ । हरेक दिन बिहान ८:३० वजे समिक्षा गर्ने गरीएको  छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समिक्षा गर्न सुरु गरिएको हो ।  

 जस अन्तरगत आज विहिबार बसेको समिक्षा बैठकले कोभिड-१९ का लागि आवश्यक औषधि जन्य एवं अन्य स्वास्थ्य उपकरणहरु उपलब्ध गराईदिनु भनि एस.वो.एस(SOS) बालग्राम र गोर्खा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । यस्तै नगरपालिकाको व्यास-०२ स्थित कृषि विकास वैंकको भवनमा कोभिड-१९ विरामीहरुको उपचारका लागि स्थापना गरिएको आईसोलेसन केन्द्रका लागि आवश्यक १ जना  एम.वि.वि.एस चिकित्सक नियुक्त गरिएको छ 


  हरेक दिन हुने समिक्षाका क्रममा वडा एवं नगर स्तरमा कोभिड-१९ का बिरुद्द सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरबासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगाएतका विषयमा छलफल गर्ने गरिएको नगर प्रमुख वैकूण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसैविच आईसोलेसनका लागि नयाँ नियुक्त गरिएका डाक्टर र व्यास न.पा अन्तरगतका १४ वटै वडाका कोभिड-१९ का सम्पर्क व्यक्तिहरुसंग नगरपालिकाले विहिबार एक अन्तरक्रिया गरेको छ । त्यसक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले चिकित्सक एवं फोकल पर्सनहरुलाई निर्धक्क भएर कोभिड-१९ का संक्रमितहरुको सेवामा आत्मबलका साथ जुट्दै आ-आफ्नो कार्य क्षेत्रमा भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो


।।

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।