Skip to main content

संविधान दिवसको हार्दिक शुभकामन((कृष्णकुमार श्रेष्ठ किसान))


हार्दिक शुभकामना संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस एेतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको अान्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको दशकौ देखीको अान्दोलन, त्याग र बलिदानको प्रतिफल स्वरुप अाज नेपाली जनताले अाफै लेखेको संविधान हामीले पाएका छौ । अहिले संविधान कार्यान्वयनको क्रममा छ । गणतन्त्रको उपलब्धिको रुपमा प्राप्त संविधानको पुर्ण कार्यान्वयन नै अहिलेको मुख्य कार्यभार हो । संविधानको कार्यान्वयनसँगै समाजबादको यात्रामा गई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्ने जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्दछु । अहिले देशमा कोभिड-१९ को जोखिम कायम नै रहेको अवस्थामा संविधान दिवसलाइ उल्लासमय रुपमा मनाउने हाम्रो इच्छा रहेपनि जोखिमबाट जोगिदै एक अापसमा शुभकामना अादान प्रदान गरि मनाउनुहुने छ भन्ने अाशा गर्दै संविधान दिवसको अवसरमा पुन: शुभकामना व्यक्त गर्दछु । कृष्णकुमार श्रेष्ठ किसान प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्बर १

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।