आ ब २०७६/०७७ को ब्यास
नगरपलिका स्तरीय स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा नगर पालिकाका उपमेयर श्री मिरा जोशि ज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा व्यास नगरपालिका भरी रहेका स्वास्थ्य सस्थाहरुको प्रगती , समस्या , चुनौती , समस्या समाधानको लागि गर्नु पर्ने कदमहरुको बिषयमा प्रस्तुत ,बहस ,छलफल भएको थियो । कभरेज बढाउनका लागि नगर स्तरीय स्वास्थ्य समितिको बैठक बसेर रणनीति ( strategy) बनाई अघि बढ्ने कुरा बताउनु भयो । स्वास्थ्य कर्मचारीहरुको मनोबल बढाउन र कार्यक्षमता अभिवृद्धि गर्न उचित तालिमको ब्यबस्था गर्ने समेत उपमेयर मिरा जोशीले बताउनु भयो । छिट्टै स्वास्थ्य शिबिर सन्चालन गरी प्रबर्द्धनात्मक सेवा दिने, नगर अस्पतालको स्थापना गरेर नगरबासीलाई थप उपरात्मक सेवा प्रदान गर्ने पहल भैरहेको कुरा प्रमुख प्रसासकिय अधिकृतले बताउनु भयो । व्यास न पा भित्र रहेका स्वास्थ्य क्षेत्रको समस्याहरुको बारेमा हे अ मिलन सुर्खाली र समाधानका लागि भाबी कार्यायोजनाको बारेमा सि अ हे ब बेली माया थापाले प्रतिनिधित्व गरि प्रस्तुत गरिएको थियो । सम्पुर्ण सहभागिताको तर्फ बाट सुझाब सहित प्रतिबद्धता मन्तव्य जनस्वास्थ्य निरीक्षक श्री हरिस्चन्द्र न्यौपाने मन्तब्य राख्नु भएको थियो भने दुई दिन सम्म कार्यक्रमलाई सहजीकरण तथा अनुगमन स्वास्थ्य शाखा प्रमुख र जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङ्ले गर्नु भएको थियो ।
Comments
Post a Comment