क्याम्पसमा अनलाइन कक्षा तालिम सम्पन्न
क्याम्पसमा अनलाइन कक्षा सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज असोज २० गते मंगलबार दिउँसो सम्पन्न भएको छ । उक्त कार्यक्रम कक्षा ११÷१२ का कार्यक्रम संयोजक चिरन्जिवि वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यकममा कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान विषयमा अध्यनरत ७० जना विद्यार्थिहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाइ क्याम्पसका आइसिटि विषय समितिका संयोजक इन्जिनियर सुलभ कुमार श्रेष्ठले अनलाइन शिक्षण सिकाइका वारेमा प्रशिक्षण दिनु भएको थियो । विद्यार्थिीहरुलाइ क्याम्पसले आपmनै सर्भर मार्फत अनलाइन कक्षा पढने व्यावस्था मिलाएको छ । क्याम्पसले संचालनमा ल्याएको सिकाइ व्यावस्थापन प्रणालि एविसिभिसि अन्तर्गत आफना विद्यार्थीहरुलाइ सिकाइ गराउदै आएकोछ । क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ । क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ । क्याम्सले गत असोज १६ गतेदेखि व्या न पा ले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै गत शैक्षिक सत्र र यस शैक्षिक सत्रको कक्ष ११ का कक्षाहरु दिवासत्रमा संचालन गर्दै आइरहेको छ । क्याम्पसमा सोमवारसम्ममा कक्षा ११ मा विज्ञान, पत्रकारिता, कानुन, गणित, कम्प्युटर विज्ञान र अंग्रेजी, लेखा, शिक्षा आदि समुहका विषयहरुमा ३०० जना विद्यार्थिहरु भर्ना भइसकेका छन । कक्षा ११ मा नयाँ भर्ना कार्यक्रम असोज मसान्त सम्म जारिरहने छ ।
Comments
Post a Comment