Skip to main content

अादिकबि क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न्न

hamrotanahun2.blogspot.com

 



क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न्न


 क्याम्पसमा सहायक क्याम्पस प्रमुख र आएक्यूएसी संयोजकको पदस्थापन सम्पन्न भएको छ । सोमवार विहान क्याम्पसको पुस्तकालय हलमा आयोजित एक कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले नवनियुक्त सहायक क्याम्पस प्रमुख कल्पना लम्साल तथा आन्तरिक गुण्स्तर सुनिश्चितता समितिका संयोजक आत्मराम वास्तोलालाइ खादा तथा अविरले स्वागत गर्दै नियुक्ति पत्र हस्तान्तरण गरि पदस्थापन गराउनु भएको थियो । सो अवसरमा अध्यक्ष तिमल्सेनाले नवनियुक्त द्वयलाइ वधाइदिदै क्याम्पसले  शैक्षिक गुणस्तर माथि उकास्न उहाँहरुले थप योगदान दिनेमा आफु विश्वस्त रहेको वताउनु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेत, उपाध्यक्ष वुद्दिमान श्रेष्ठ, सदस्य केश वहादुर सुनार, कृष्णराज घिमिरे र  अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारीले पनि वधाइदिनु भएको थियो । पदस्थापन कार्यक्रमको सहजिकरण क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गर्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख लम्साल र आएक्यूएसी संयोजक वास्तोलाले तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्याक्त गर्नु भएको थियो । सोहि अवसरमा सहायक क्याम्पस प्रमुख पदमा १ कार्यकाल सेवा गरि विदा लिनुभएका सदाखर तिमिल्सिनालाइ अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले धन्यवादपत्र हस्तान्तरण गर्दै लगनशिल, कर्तव्यनिष्ठ र इमान्दार रहि कार्यसम्पादन गर्नु भएकोमा आभार व्याक्त गर्नु भएको थियो । सो अवसरमा पव्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनालले वधाइ ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक तथा कर्मचारि र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।