दुम्सी आधारभुत स्वास्थ्य केन्द्र र दुम्सिचौर सहरी स्वास्थ्य केन्द्र बाट खोप अभियान सन्चालन गरि सम्पन्न
Covod-19 रोग विरुद्धको खोप अभियान 2077/078 यस ब्यास नगरपालिका वार्ड नम्बर 10 मा मिति 2077/11/23 देखि 27 गते सम्म 65 बर्ष माथी उमेर समुहका ब्यक्तिहरु तथा पहिलो चरण मा छुट भएका हरु गरि जम्मा 290
जना लाई यस वार्ड मा अवस्थित दुम्सी आधारभुत स्वास्थ्य केन्द्र र दुम्सिचौर सहरी स्वास्थ्य केन्द्र बाट खोप अभियान सन्चालन गरि सम्पन्न गरियो ।उक्त अभियान लाई सफल रुपमा सप्पन्न गराउन सहयोग पुर्याउनु हुने व्यास न.पा स्वास्थ्य शाखा प्रमुख ज्युहरु ,यस वार्ड का वार्ड अध्यक्ष ज्यु,वार्ड सदस्य ज्युहरु,महिला स्वयंसेविका दिदी हरु ,टोल अध्यक्ष ज्युहरु,स्वास्थ्यकर्मी साथी हरु ,Covid-19 रोग विरुद्ध को वार्ड स्तरिय खोप समन्वय समिती लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धेरै धेरै धन्यवाद। अभियान मा छुट भएका नागरिकहरु लाई आज दमौली अस्पताल मा खोप लगाइने हुदा छुट्नु भएका 65 बर्ष माथिको नागरिकहरु लाई दमौली अस्पताल गई खोप सेवा लिन को लागि अनुरोध गरिनछ. ( Photo:-सरिता बोटे)
Comments
Post a Comment