Skip to main content

सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो

 “ गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति पक्राउ ”

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा “75% Hand Senitizer “ नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएकोले त्यस्ता सेनिटाईजरको गुणस्तर



 जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परिक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन २४% भेटिएको र उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथी नियन्त्रण गर्नु पर्ने जरुरी रहेको देखिएको भन्ने औषधी व्यवस्था विभागबाट परिक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा,मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.-४ ईमाडोल शितल‍हाईटमा रहेको आशिष प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरीएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाईजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट अं.२५,००० लिटर नक्कली सेनिटाईजर,२००० लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको र त्रिपुरेश्वर स्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट अं.५००० लिटर गरि करिब ३० हजार लिटर सेनिटाईजर बरामद गरिएको, बरामद सेनिटाईजरको जम्मा बजार मुल्य अं.१,८०,०००००/-(एक करोड असि लाख) बराबरको रहेको साथै लाइफ लाइन सर्जिकल हाउसका संचालक जिल्ला सुनसरी रामधुनी नगरपालीका वडा नं.-१ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.-४ ईमाडोल शितल‍हाईट बस्ने बर्ष २६ को आशिष प्याकुरेललाई पक्राउ गरि उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गरी थप अनुसन्धान भईरहेको र उक्त नामका सेनिटाईजर बजारमा विक्री वितरण हुन नदिन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय समेत भई रहेको । 

         साथै NAWAMI नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट उत्पादित नक्कली सेनिटाईजर समेत बजारमा बिक्री वितरण भईरहेको भन्ने सुचनाका आधारमा का.जि.कामपा-१४ कुलेश्वरबाट २१ कार्टुन, सेनिटाईजर समेत बरामद गर्नुका साथै नक्कली सेनिटाईजर ओसारपसारमा प्रयोग भएका बा १२ च ९२६९ र लु अ अ ३२९४ नं. को २ वटा गाडी समेत बरामद गरिएको । पक्राउ परेका आशिष प्याकुरेललाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईने ।


पक्राउ प्रतिवादी:- 

नाम थर :- आशिष प्याकुरेल

ठेगाना :- जिल्ला सुनसरी रामधुनी नगरपालीका वडा नं.-१

हाल :- जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.-४ ईमाडोल शितल‍हाईट


मितिः- २०७८।०२।०९ गते ।

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।