Skip to main content

Posts

Showing posts from June, 2021

सेती नदी थुनिएर रामघाटमा ताल

 केहि दिनदेखिको अभिरल वर्षाका कार ण सेती नदी थुनिएर रामघाटमा ताल बनेको छ । लगातार वर्षा भइरहदा वरिपरीका साना ठुला खहरे खोलाहरुमा पानीको बहाव बढेसँगै सेती नदी थुनिएर ताल बनेकाे छ ।

दोर्दी गाउपालिका वार्ड नंः ८ बन्सार हिले बजारका १३ घरधुरी दोर्दी खाेलामा आएको

दोर्दी गाउपालिका वार्ड नंः ८ बन्सार हिले बजारका १३ घरधुरी दोर्दी खाेलामा आएको वाढीले बगाएको छ भने बस्तीमा खाेला पसिरहेकाे र अन्य घरहरू बगाउने क्रम जारी छ । मानिसहरू अहिले फलेनि उ•मा•वि र छिमेकीको घरमा रहेका छन बाटो पुर्णरूपमा अबरुद्ध रहेको छ भने बिधुत प्रसारणका लागि निर्माण गरिएका टावरहरू पुर्णरूपमा भत्काएको छ जनजिवन प्रभावित भएकाे छ । यस विषम परिस्थिती लाई मध्यनजर गरी तत्काल उद्धर तथा व्यवस्थापनको लागि स्थानिय सरकारको ध्यानअर्कषण गराउन चहान्छु।  बजार बासिन्दा सम्पूर्ण सुरक्षित रहनुहोला। 

५० जना भन्दा बढी मानिसहरु बेपत्ता

सिन्धुपाल्चोक मेलम्ची,तालामारङ र हेलम्बुमा भएको अकल्पनीय मानवीय तथा जनधनको बिनास भएको छ। ५० जना भन्दा बढी मानिसहरु बेपत्ता यस्तो अवस्थामा तत्काल स्था नीय प्रतिनिधि,स्थानीय सरकार, समाजसेवी ज्युहरु प्रति उद्दार र राहतको लागि जुट्न स्थानीको आग्रह । हरेक बर्षा बिपत्तिको सामना गर्नु पर्ने सिन्धुपाल्चोक प्रति नेपाल सरकारले पनि गम्भीर ध्यानाकर्षण गर्नु पर्ने देखिन्छ ।