Skip to main content

Posts

Showing posts from May, 2021

सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो

 “ गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति पक्राउ ” हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा “75% Hand Senitizer “ नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएकोले त्यस्ता सेनिटाईजरको गुणस्तर  जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परिक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन २४% भेटिएको र उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथी नियन्त्रण गर्नु पर्ने जरुरी रहेको देखिएको भन्ने औषधी व्यवस्था विभागबाट परिक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा,मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा

 षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

चार वर्ष पछि भएको उपलब्धि व्यास नगरपालिकाले सार्वजनिक गरेको छ।

 जन प्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष पछि भएको उपलब्धि व्यास नगरपालिकाले सार्वजनिक गरेको छ। व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा जारी विवरणमा चार वर्षका उपलब्धिका रुपमा मुख्य बुँदा केलाइएको छ नगर प्रमुख न्यौपानेले मानहुँकोटको पर्यटन विकास, व्यास पराशर क्षेत्रको विकास(१०८ फुट मुर्ती निर्माण), मादिनदी एकिकृत विकास परियोजना, नारेश्वर ताल निर्माण, खड्गकाली मार्ग निर्माण, नगरपालिकाको बहुउदेश्यीय भवन निर्माण, विश्ववैंकको लगानीका शहरी पुर्वाधार सासकीय सुधारका कार्यहरुका लागि सम्झौता, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका महत्वपुर्ण कार्यहरुको थालनी भएको उल्लेख गरेका छन कोभिड-१९ र बाढी पहिरोका कारणले अप्रत्यासित रुपमा अकल्पनिय चुनौती सामना गर्नुपरेको कारण यस्ले विकास प्रकृयामा गंभिर असर पुर्याएको भन्दै उनले यस अवधि नगरपालिकाको आन्तरीक आय करिब पाँच गुणा बढीले वृद्धि भएको पनि उल्लेख गरे  चार वर्ष अघि ४ करोड ५० लाख रहेकोमा यस बर्ष २० करोड अपेक्षा गरिएको उनले बताए  नगरपालिकाले भावी दिनमा एकीकृत मादीनदी विकास परियोजना गुरु योजना निर्माण एवं कार्यान्वयन,नारेश्वर ताल निर्माण, एकीकृत जग्गा विकास क

ब्यास-१० खहरेमा एक महिला मृत अबस्थामा

  अाज साझ ब्यास-१० खहरेमा एक महिला मृत अबस्थामा अाफ्नाे काेठमा फेला परिन घटनाबारे अनुसन्धान गरन  एक युवकलाई  नेपाल पुलिसले  नियन्त्रणमा  लिएको छ।।  ।।तनहुँको व्यास नगरपालिका १० परेवा डाडामा २७ बर्षिय मनुमाया थापा आफ्नै घरको कोठामा झुण्डिएको अबस्थामा मृत फेला परेकी छिन् भने श्रीमान रोजगारीको  शिलसिलामा भारतमा रहेका छन् । मृतक महिला संगै व.व्यास ८ बस्ने मिलन ठकुरी नाम गरेका युवक पक्रउ परेका छन् ।अाराेपि लाई बचाउन खाेजेकाे भनेर केहीसमय स्थानीय र पुलिस बिच झगडा

नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगे

 नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन्  ।

व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ

 व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ । हरेक दिन बिहान ८:३० वजे समिक्षा गर्ने गरीएको  छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समिक्षा गर्न सुरु गरिएको हो ।    जस अन्तरगत आज विहिबार बसेको समिक्षा बैठकले कोभिड-१९ का लागि आवश्यक औषधि जन्य एवं अन्य स्वास्थ्य उपकरणहरु उपलब्ध गराईदिनु भनि एस.वो.एस(SOS) बालग्राम र गोर्खा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । यस्तै नगरपालिकाको व्यास-०२ स्थित कृषि विकास वैंकको भवनमा कोभिड-१९ विरामीहरुको उपचारका लागि स्थापना गरिएको आईसोलेसन केन्द्रका लागि आवश्यक १ जना  एम.वि.वि.एस चिकित्सक नियुक्त गरिएको छ    हरेक दिन हुने समिक्षाका क्रममा वडा एवं नगर स्तरमा कोभिड-१९ का बिरुद्द सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरबासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगाएतका विषयमा छलफल गर्ने गरिएको नगर प्रमुख वैकूण्ठ न्यौपानेले जानकारी दिनुभ

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४ काेराेना

 गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४ काेराेना संक्रमितकाे मृत्युु । थप ५०६ जनामा संक्रमण पुष्टि । (हेर्नुस् कुन जिल्लामा कति संक्रमित थपिए विवरण सहित ।)